शिक्षा
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त, शपथ ग्रहण कार्यक्रम बिहीबार हुने
काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । पन्तको भोलि बिहीबार शपथ गराउने कार्यक्रम तय भएको छ । शपथको समय भने तय भइनसकेको बताइएको छ । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन्...
कक्षा १२ को परीक्षा सर्यो , वैशाख २१ गतेदेखि परिक्षा गर्ने निर्णय
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वैशाख ११ गतेबाट हुने परीक्षा स्थकित गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले परिक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् । शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित...
प्रधानमन्त्रीद्वारा कक्षा १२ को परीक्षा सार्न बोर्डलाई निर्देशन
काठमाडौं । कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परिक्षा बाेर्डलाई निर्देशन दिनु भएको छ । बालुवाटार प्रधानमन्त्रीलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् । यसअघि परीक्षा बोर्डले तोकिएको समयमा वैशाख ११...
विद्यालयको चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन
काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका विद्यालय कर्मचारीलाई २४ घण्टाभित्र चाबी बोकेर काठमाडौंको आन्दोलनमा उपस्थित हुन निर्देशन दिएको छ । परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले ७ वटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहका कार्यसमिति तथा सबै विद्यालयका कर्मचारीलाई तत्काल आन्दोलनमा जुट्न उर्दी जारी गरेका...
कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने परीक्षा बिहान बैठक बसेर परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए । शिक्षक तथा कर्मचारीहरुको जारी...
शिक्षामन्त्री विद्या भट्टराईले पदबाट दिइन् राजीनामा
काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न करिब ५ बजेतिर भेटेर उनले राजीनामा दिएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् । शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको भए पनि निचोड निस्कन...
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् । यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा...
आजबाट पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्दै शिक्षकहरु
काठमाडौ । देशभरका शिक्षकहरूले बुधबारदेखि पुनः काठमाडौंमा आन्दोलन गर्ने भएका छन् । नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेसंगै विभिन्न क्षेत्रबाट शिक्षकहरु काठमाडौं आउने क्रम जारी छ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जाऔँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो ।...
आजबाट एसईई सम्पन्न
हेटौंडा । आजबाट माध्यमिक शिक्षा परिक्षा (एसईई) सम्पन्न भएकाे छ । २०८१ साल चैत ७ गतेबाट सुरू भएकाे एसईई शुक्रबार समाप्त भएकाे हाे । आज अन्तिम दिन ऐच्छिक द्वितियसँगै एसईई परीक्षा सकिएकाे हाे । तस्बिरहरु :
आजदेखि एसइई सुरु
हेटौंडा। आजदेखि एसइई सुरु भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसइई) बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो । पहिलो दिन आज अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का अनुसार यसपटक ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन्...









