शिक्षा

मकवानपुरका क्याम्पसहरूको स्ववियु निर्वाचनमा, अनेरास्ववियुको उत्कृष्ट प्रदर्शन

हेटौंडा– मकवानपुरका विभिन्न क्याम्पसहरुमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा अनेरास्ववियुको प्रभावी प्रदर्शन देखा परेको छ। मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वन विज्ञान क्याम्पस र निर्मल बहुमुखी क्याम्पसमा भएको चुनावमा अनेरास्ववियुका उम्मेदवारहरुले प्रमुख पदहरुमा जित हासिल गरेका छन्। मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार प्रसिद्ध रेग्मी ७०६ मतसहित विजयी भएका...

पुस्कर घिमीरे (प्रभास) को स्वतन्त्र उम्मेद्वारी: विद्यार्थीको हक र अधिकारका लागि चुनावी संघर्ष

मकवानपुर । चैत ५ मा हुने स्ववियु निर्वाचनका लागि मकवानपुर बहुमुखि क्याम्पसमा पुस्कर घिमीरे (प्रभास) स्वतन्त्र उम्मेदवारको रूपमा प्रस्तुत भएका छन्। उनले आफूलाई क्याम्पसको नेतृत्वको लागि प्रस्तुत गर्दै विद्यार्थीको हक र अधिकारका लागि संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन्। आफ्नो उम्मेद्वारीको उद्देश्य र विचारधारा बारेमा उनले क्रियटर नेपाल डट कम...

स्ववियुलाई बिधार्थीको पार्लीयामेन्टका रुपमा बिकास गर्छौं : रेग्मी

२०३८ सालमा स्वतन्त्र विद्यार्थी युनियन स्थापना भएको मकवानपुर बहुमुखी क्याम्पसमा २२ वर्षसम्म क्याम्पस प्रशासनले स्ववियु गठन गर्न दिएन । बिद्यार्थीहरुको निरन्तरको दबाब र संघर्षले २०६० सालमा पुनः स्वतन्त्र विद्यार्थी युनियनको गठन भयो । त्यसयता मकवानपुर बहुमुखी क्यापसमा स्वतन्त्र बिद्यार्थी युनियन कृयाशील छ । चैत्र ५ गते हुने स्ववियु निर्वाचनबाट...

नगरस्तरीय महिला शिक्षक/ कर्मचारी भलिबल प्रतियोगिता हेटौंडामा

हेटौंडा – हेटौंडा नगरस्तरीय शैक्षिक समन्वय समितिले महिला शिक्षक र कर्मचारीहरूको लागि मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। यो प्रतियोगिता आगामी २०८१ फाल्गुण १६ र १७ गते हेटौंडा स्थित श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा हुने छ। प्रतियोगिताको उद्घाटन समारोह २०८१ फाल्गुण १६ गते बिहान ८ बजे हुनेछ,...

नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पसमा सागर घिमिरेको नेतृत्वमा ३२ सदस्यीय एकाइ समिति गठन

हेटौंडा – नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुर बहुमुखी क्याम्पस इकाई समिति बृहत विद्यार्थी भेलाबाट विस्तार गरिएको छ। सागर घिमिरेको नेतृत्वमा ३२ सदस्यीय एकाइ समिति गठन गरिएको हो। कार्यक्रममा उपसभापति उत्सव न्यौपाने, निर प्रताव सिंह, प्रशान्त सापकोटा, र अजित घिमिरे चयन भएका छन्। सचिवमा उत्सब दुङ्गगाना र प्रमेश्वर अधिकारी चयन...

एसईईको नियमित तथा ग्रेडवृद्धि समयतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित तथा ग्रेडवृद्धि समयतालिका सार्वजन गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि शुरू हुने र १९ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ...

बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा श्रेष्ठ

बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त हुनुभएको छ । बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले आईतबार श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा (४) बमोजिम नियुक्त गर्नुभएको हो । श्रेष्ठ नवलपरासी पूर्वको...

पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको हेटौंडामा श्रद्धाञ्जली सभा सम्पन्न

हेटौंडा । इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीमा पहिरोको घटनामा मृत्यु भएका तीन विद्यार्थीको शव हेटौँडा ल्याइएको छ। यी विद्यार्थीहरू अखिल नेपाल फुटबल संघ (एन्फा) सिस्नेरी एकेडेमीका सदस्य थिए। बत्सला माध्यमिक विद्यालयमा प्रशिक्षण गर्दै गर्दा पहिरोमा परेका उनीहरूका नाम अनुपम घलान, साइमन योन्जन, र विकल रेग्मी रहेका छन्। अनुपम हेटौँडा-१२, साइमन मकवानपुरगढी...

अविरल वर्षाका कारण विद्यालयहरू तीन दिनका लागि बन्द गरिने

सरकारले बाढी र पहिरोका कारण विद्यमान संकटलाई ध्यानमा राख्दै सबै स्थानीय तहलाई विद्यालय तीन दिन बन्द गर्न अनुरोध गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले दिएको जानकारी अनुसार, हालको अविरल वर्षाले विद्यालय सञ्चालनमा ठुलो कठिनाइ उत्पन्न गरेको छ। प्रवक्ता भट्टराईले विद्यालय भवनहरूमा आकस्मिक व्यवस्थापन गर्नुपर्ने अवस्था...

वन विज्ञान संकाय हेटौंडाका विद्यार्थीहरुले नेबिसंघलाई क्याम्पसमा तालाबन्दी गर्न दिएनन् !

हेटांडा। कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय हेटौंडाका विद्यार्थीहरुले नेपाल विद्यार्थी संघलाई क्याम्पसमा तालाबन्दी गर्नबाट रोकेका छन् । रामपुर कृषि क्याम्पस, चितवनमा नेपाल विद्यार्थी संघका विद्यार्थीमाथि भएको सांघातिक हमलाको विरोधमा क्याम्पसमा तालाबन्दी गर्न गएका नेविसंघका विद्यार्थीलाई अन्य संगठनका विद्यार्थीहरुले रोकेका हुन् । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन...