शुक्रवार सुनको मूल्य २ हजार ७ सय रुपैयाँले बढ्यो
काठमाडौं । शुक्रवार सुनको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य २ हजार सात सय रुपैयाँले बढेको छ । केही दिन यता लगातार जस्तो घटेको सुनको मूल्य शुक्रवार भने एकै दिन २ हजार सात सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले दिएको जानकारीअनुसार बिहीवार प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रवार बढेर २ लाख ३९ हजार पुगेको छ । महासंघकाअनुसार चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँले बढेको छ ।
बिहीवार प्रतितोला २ हजार ९ सय ८० रुपैयाँले कारोबार भएको चाँदी शुक्रवार बढेर ३ हजार ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।













