Banner News

पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ परेका छन् । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ...

ओली पक्राउको विरोधमा एमालेले आज देशभरका सीडीओ कार्यालयमा विरोधपत्र बुझाउँदै

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज पनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ । आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम छ । नेकपा एमालेका सचिव महेश बस्नेतका अनुसार आज मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम तय भएको...

ओली र लेखकलाई आज काठमाडौं जिल्ला अदालत लगिँदै

काठमाडौं । शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत लगिँदै छ । शनिबार सार्वजनिक बिदा भएकाले अदालत उपस्थित गराइएको थिएन । आज भने दुवै नेतालाई अदालत उपस्थित गराइने प्रहरीले जनाएको छ । गत भदौ २३–२४ गते जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बन्दा...

पूर्वप्रधानमन्त्री ओलीलाई स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगियो

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको छ । आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको प्रहरीले केहीबेर प्रहरी परिसर भद्रकालीमा राखेर स्वास्थ्य परीक्षण गर्न लगेको हो । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।...

ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिदै एमाले

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदर्शनमा उत्रिने भएको छ । पार्टी सचिव महेश बस्नेत ले सामाजिक सञ्जालमार्फत कार्यकर्तालाई सहभागी हुन आह्वान गरेका छन्। प्रहरीले जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई पक्राउ गरेको हो। एमालेले यसलाई राजनीतिक...

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरेका हुन् । उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले ओली पक्राउ गरेको पुष्टि गरे । उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी...

बालेन शाहले लिए प्रधानमन्त्री पदको शपथ ग्रहण

काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको...

मकवानपुरमा ट्रक दुर्घटना : एकको मृत्यु, एक गम्भीर घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा स्थित कान्तिलोक पथ सडकखण्डमा बुधबार बिहान करिब २:५० बजे ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। अस्थायी प्रहरी पोस्ट जितपुर भन्ज्याङबाट प्राप्त जानकारी अनुसार हेटौडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको सरफ लोड...

मनहरीमा लागु औषध गाँजा सहित गाडी नियन्त्रणमा, एक जना पक्राउ

हेटौंडा । मनहरी गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–९ स्थित हरियाली सामुदायिक जंगलको भित्री सडकखण्डमा शंकास्पद रूपमा आइरहेको सवारी साधनलाई रोकी चेकजाँच गरेको थियो। जाँचका क्रममा राक्सिराङ गाउँपालिका–१ भावरबाट मनहरी–९ खरंगा हुँदै पूर्व–पश्चिम राजमार्गतर्फ आउँदै गरेको बा.१३...