Banner News

सुधन गुरुङको पुन: गृह मन्त्रालयमा फर्किने तयारी

छानबिनपछि सुधन गुरुङको पुनरागमन, गृह मन्त्रालयमा फर्किने तयारी काठमाडौं । सम्पत्ति विवरणबारे उठेको विवादका कारण पदबाट बाहिरिएका सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने तयारीमा रहेका छन्। स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउने निर्णय गरेका छन् र यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ। गत वैशाख ९...

सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९९ हजार ९०० रुपैयाँ कायम छ । आइतबार छापावाल सुन प्रतितोला तीन लाख ८०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य भने...

पाँचदिने भ्रमणका लागि भारत गए सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका  सभापति रवि लामिछाने आज भारत प्रस्थान गरेका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने केहीबेर अघि पाँचदिने भ्रमणका लागि भारत प्रस्थान गरेका हुन् । सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि...

विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक नियन्त्रणमा

हेटौंडा । मकवानपुर प्रहरीले विद्यार्थी कुटपिट गरेको आरोपमा एक शिक्षकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीस्थित तासिर इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुल का सामाजिक शिक्षा शिक्षक अच्युत ओझा ले कक्षा ८ मा अध्ययनरत १२ वर्षीय एक विद्यार्थीलाई कक्षाकोठामै कुटपिट गरेको आरोप लागेको छ। पीडित विद्यार्थीका...

बागमती पुलबाट टेलर खोलामा खस्दा चालकको मृत्यु

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवा स्थित कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुर र ललितपुर जोड्ने बागमती खोलाको पुलबाट टेलर गाडी खस्दा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार हेटौंडाबाट बगुवा तर्फ जाँदै गरेको ना ६ ख ४०४२ नम्बरको बागमती हाइड्रोपावरको फलामको पाइप बोकेको टेलर गाडीमा बाँधिएको पाइपको टुचिन चुडिएपछि गाडी अनियन्त्रित...

प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड० अस्पताल भर्ना भएका छन् । प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज बिहान मेडिसिटी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा जाँच गरेपछि चिकित्सकहरुले निमोनियाको शङ्का गरेका छन् । निमोनिया भएको चिकित्सकहरूको सल्लाहमा उनलाई मेडिसिटीमै भर्ना गरिएको मुख्य स्वकीय सचिव गोविन्द...

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ वरिष्ठ उपाध्यक्षमा गोकर्ण पराजुलीको उम्मेदवारी

मकवानपुर । गण्डकी प्रदेशको पोखरामा आजबाट सुरु भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौं महाधिवेशनमा मकवगानपुरका पुराना यातायात व्यवसायी गोकर्ण प्रसाद पराजुलीले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दीएका छन् । यातायात क्षेत्रका अनुभव तथा इमानदारी नेतृत्वको रुपमा परिचित पराजुली नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घमा यस अघि विज्ञ सल्लाहकार थिए भने...

बजेट र नीति कार्यक्रममा सुझाव दिन अनलाइन पोर्टल खुला

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमबारे ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ । सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रम र जेठ १५ मा ल्याउने बजेटमा आमनागरिकका सुझाव को प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न डिजिटल प्लेटफर्मको सुरुवात गरिएको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको...

विकल्पबिनाको बस्ती हटाइँदा देशभर आन्दोलन चर्कियो

काठमाडौं । सरकारले सार्वजनिक तथा सरकारी जग्गामा रहेका अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र बनाएपछि देशभरका भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोवासीहरू आन्दोलनमा उत्रिएका छन्। काठमाडौंको माइतीघर मण्डलदेखि बुटवल, धनुषा, मोरङ, दाङ, पोखरा, धरान र बर्दियासम्म विरोध प्रदर्शन फैलिएको छ। प्रदर्शनकारीहरूले “डोजर होइन व्यवस्थापन चाहिन्छ”, “पहिले पुनर्वास, त्यसपछि हटाइ” र “आवास...

संवैधानिक परिषद बैठक ५ बजे

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद बैठक ५ बजेका लागि बोलाएका छन् । संवैधानिक पदहरुमा नियुक्ति सिफारिसका लागि परिषदको बैठक बोलाइएको हो । सरकारको दोस्रोपटकको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त पदहरुमा नियुक्तिको बाटो खुलेको छ । हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त लगायतका...