धर्म सस्कृति

आज हरिबोधनी एकादशी, तुलसी दामोदरको विवाह गरी मनाइँदै

काठमाडौं । आज हरिबोधनी एकादशी । भगवान विष्णु नारायणको पूजा आराधना गरी मनाइँदैछ । हरिबोधनी एकादशीमा तुलसीको दामोदरसँग विवाह गरिन्छ । आज काठमाडौंको बुढानीलकण्ठ, चाँगुनारायण, विशंकुनारायण, शेषनारायण, इचंगुनारायणमा र पशुपतिनाथ लगायतमा विशेष मेला लागेको छ । हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष...

छठ पुजा व्रतविधि

काठमाडौं। कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी...

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै

काठमाडौँ । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको...

किसान भन्छन्ः देशमै पर्याप्त फूल छ, तिहारमा आयात गर्नुपर्ने अवस्था छैन

नेपालीहरुको महान पर्व तिहार नजिकिँदै गर्दा बजारमा मखमली र सयपत्री फूलको माग तिब्र रुपमा बढेको छ । झिलीमिली बत्ती, देउसी भैलो र फूलमालाको रौनकले सजिने यो पर्वमा फूल व्यवसाय समेत फस्टाउँदै गएको देखिन्छ । तिहारमा मखमली फूललाई विशेष महत्व दिइन्छ । अर्कोतर्फ सयपत्री फूल मन्दिर, घर र पूजापाठहरुमा प्रयोग...

भाइटीकाको उत्तम साइत ११ः३९ बजे सार्वजनिक

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु...

मखमली फूलको मालाको मूल्य निर्धारण गर्न किसानको माग, उचित मूल्य नपाएको गुनासो

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व अर्थात फूलहरुको पर्व तिहार नजिकिँदै गएको छ । तिहारमा मखमली, सयपत्री, गोदावरी फूलको माला अधिक प्रयोग हुने गर्दछ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका अधिकांश किसान यतिबेला मखमलीको फूल टिपेर माला उन्नमा व्यस्त देखिन्छन् । तिहारमा मखमली फूलको मालाको अधिक प्रयोग...

आज शुभसाइतको प्रतीक फूलपाती भित्राइँदै

काठमाडौं । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती,...

आजबाट पितृ पक्ष शुरु

आजबाट सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरु भएको छ । १५ दिनसम्म चल्ने पितृ पक्षमा स्वर्गीय भइसकेका पूर्वजहरुलाई पिण्ड दान तथा तर्पण गर्ने गरिन्छ । पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । चाडपर्व यज्ञादि तथा ठूला कार्य...

काटँघाट महादेव मन्दिरमा भक्तजनको घुइँचो

बारा । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत पर्ने चारकोसे झाडीको मध्यभागमा अवस्थित काँटघाँट महादेव मन्दिर ९सहजनाथ महादेव० मा साउन महिनामा विशेष मेला लाग्ने गरेको छ । दुई सय वर्ष पुरानो इतिहास बोकेको यो मन्दिर प्रमुख शिवालयहरूमध्ये एक हो । यहाँ प्रत्येक बर्षको साउन महिनाभर मेला लाग्ने गरेको छ...

साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर मनाइँदै

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै...