Banner News
पार्टी प्रति नकारात्मकता फैलाउनेहरुलाई छुट दिन सकिँदैन: अध्यक्ष नेपाल
नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलन गम्भीरसंकट र चुनौतीबाट गुज्रिरहेको बताउनु भएको छ । सोमवार काठमाडौंमाआयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीकार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो । उहाँले कम्युनिष्ट पार्टीभित्रमात्र नभई हालको राजनीतिक परिस्थिति सबै राजनीति दलहरुको लागि चुनौतीपूर्ण रहेको टिप्पणी गर्नुभयो...
भारतको हिमाचल क्षेत्रमा विपदमा परेर ३०३ जनाको मृत्यु
भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा चलिरहेको मनसुन सिजनमा बादल फुट्ने, पहिरो, बाढी र अन्य वर्षासम्बन्धी घटनाहरूमा कम्तीमा ३०३ जनाको मृत्यु भएको छ। राज्यको विपद् व्यवस्थापन प्राधिकरणले जानकारी दिइएको छ। जुन २० देखि हालसम्म वर्षासम्बन्धी घटनाहरूमा १५५ जनाको मृत्यु भएको छ भने भारी वर्षाका कारण सडक दुर्घटनामा १४८ जनाले...
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर
अर्थमन्त्रालय मातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर गरिएको छ । गत सातामात्रै अर्थमन्त्रालय मातहतका उच्चपदस्थसहित ८० भन्दा बढी कर्मचारीहरुको सरुवा गरिएकाे थियो । फेरी उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलकै इच्छामा शाखाअधिकृतको पनि ब्यापक रुपमा जिम्मेवारी हेरफेर गरिएको छ । रसुवागढी भन्सार कार्यालयमा कार्यरत रविन्द्र प्याकुरेललाई आन्तरीक विभाग मातहतका कार्यालयमा ल्याइएको छ...
घरजग्गाको कारोबार गर्ने कम्पनीले कर्जा पुनर्तालिकीकरणको सुविधा पाउने
नेपाल राष्ट्र बैंकले घरजग्गाको कारोबार गर्ने कम्पनीलाई कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचनाको सुविधा ल्याएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो सुविधा ल्याएको हो । अब बैंकहरुले नेपाल सरकारबाट स्वीकृति प्राप्त निकायमा दर्ता भई सञ्चालनमा रहेका जग्गा विकास तथा भवन निर्माणसँग सम्बन्धित...
२०८४ मा मेरो अवस्था कस्तो होला भन्ने मानसिकताबाट काँग्रेस मुक्त हुनुपर्छ : महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको समयमा पार्टीले डर, लोभ र अन्योलबाट मुक्त भएर देशप्रतिको जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दे महामन्त्री थापाले यस्तो बताउनु भएको हो । नेपाली काँग्रेसले ०८४ मा आफ्नो अवस्था कस्तो होला भन्ने मानसिकता त्यागेर अगाडि...
अछामदेखि अर्घाखाँचीसम्मका ११ वटा निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने
समयमै काम नगर्ने अछामदेखि अर्घाखाँचीसम्मका ११ ओटा निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखिएको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै बाँकेको शुभ आर.एस. बिल्डर्स सप्लायर्स, अछामको नविन निर्माण सेवा, सुर्खेतको जे.एम.सी कन्स्ट्रक्सन प्रालि र काठमाडौंको कास्यम निर्माण सेवा एण्ड सप्लायर्सलाई कालोसूचीमा राखेको छ...
कार्की खोलाले बगाएको व्यक्तिको शव तीन दिनपछि फेला
हेटौंडा । मकवानपुरगढी गाउँपालिका–२, तल्लो छापका विनोद बम्जनको शव बगाएको तीन दिनपछि फेला परेको छ। २५ वर्षीय बम्जनलाई कार्की खोलाको आकस्मिक बाढीले बगाएको थियो। भदौ ६ गते दिउँसो करिब ३;३० बजे तिर सुकौरा, तल्लो छापस्थित पसलबाट घर फर्किंदै गर्दा कार्की खोलामा होमपाइप प्रयोग गरी तर्ने क्रममा खोलाको बहाव एक्कासि...
११० देशसँग नेपालको वैदेशिक व्यापार, धेरैजसो मुलुकसँग घाटामा
काठमाडौं । ११० भन्दा धेरै देशसँग वैदेशिक व्यापार गरिरहँदा धेरैजसो मुलुकसँग नेपालले घाटा व्यहोरेको छ । भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा छिमेकी मुलुक भारत, चीनसहित धेरै मुलुकसँग नेपालले नाफाको व्यापार गर्न सकेन् । ती मुलुकहरुसँग अबौँ व्यापार घाटा देखिएको छ । गत महिना साउनमा भारतसँग ८३ अर्ब...
एमसीसी सम्झौता नेपालको सार्वभौमसत्ता र संविधान विपरितः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावना विपरित रहेको टिप्पणी गर्नुभएको छ । आईतवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता खनालले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले नेपाल र एमसीसीबीचको सम्झौता दक्षिण एसियामा अमेरिकी...
संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व शुरु हुन्छः गृहमन्त्री
काठमाडौ । गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताउनुभएको छ । आईतवार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यो संविधान असफल भयो भने देशमा अकल्पनिय द्वन्द शुरु हुने बताउनुभएको हो । संविधान निर्माणको लागि २० वर्ष लागेको उहाँले स्मरण समेत गर्नुभयो । यो संविधान असफल...










