श्रीमतीसँग झगडा हुदा एक व्यक्तिले आफ्नै घरमा लगाए आगो
चितवन । चितवनको भरतपुर महानगरपालिका–२७ मा श्रीमतीसँग झगडा हुदा एक व्यक्तिले आफ्नै घरमा आगो लगाएका छन् ।
घरेलु विवादले चरम रूप लिँदा राम महतोले आफ्नै घरमा आगो लगाउदा घर पूर्ण रूपमा जलेको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रविन्द्र खनालका अनुसार श्रीमती इन्द्रमाया महतोसँग घरेलु विषयमा विवाद भएपछि राम महतोले खरले छाएको घरमा गएराति आगो लगाएका थिए। यस घटनाबाट करीब २० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।










